वाणिज्य बैंकको अध्यक्ष बन्न नपाएपछि डा. कोइरालाद्वारा राजीनामा

काठमाडौं। राष्ट्रि वाणिज्य बैंकका अध्यक्ष धनिराम शर्मा नियुक्त भएपछि सञ्चालक डा. उपेन्द्र कोइरालाले पदबाट राजीनामा दिएका छन्।

बैंकको सञ्चालक समिति अध्यक्ष बन्न नपाएपछि कोइरालाले अर्थमन्त्रालयमा राजीनामा बुझाएका हुन्।

बैंकको अध्यक्ष बनाउने तयारीका साथ सरकारले उनलाई सञ्चालक नियुक्त गरेको थियो। उपप्रधानमन्त्री इश्वर पोखरेलका सम्धी भएका कारण अध्यक्ष बनाउन लागिएको भन्दै तीव्र आलोचना भएपछि धनिराम शर्मालाई अध्यक्ष बनाइएको थियो।

प्रतिक्रया दिनुहोस्