स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीको विवरण पठाउन सरकारको आग्रह

काठमाडौं। सरकारले विभिन्न स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको विवरण पठाउन आग्रह गरेको छ।

स्वास्थ्य सेवा विभागले सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनका लागि अग्रपंक्तिमा खटिएका कर्मचारीलाई पहिलो चरणमा खोप दिने भएकाले यस्तो आग्रह गरेको हो।

सूचनामा भनिएको छ, ‘स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको हालको अध्यावधिक विवरण पहिलो चरणको खोप लगाउने प्रयोजनका लागि छिटो माध्यमबाट सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयसँग समन्वय गरी पठाउन हुन अनुरोध छ।’

प्रतिक्रया दिनुहोस्