भारत नेपालमा निर्वाचनको पक्षमा खुलेर आएको ‘एसडी मुनि’को दावी

काठमाडौं। लामो समयदेखि नेपाल-भारत सम्बन्ध र नेपालको आन्तरिक मामिलालाई नजिकबाट नियालीरहेका विज्ञ एस डि मुनिले भारत नेपालमा ताजा जनादेशको पक्षमा खुलेर आएको दावी गरेका छन्।

भारतीय पत्रिका हि हिन्दुस्तान टाइम्समा एक लेख लेख्दै मुनिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद, त्यसलाई मिलाउन चीनले खेलेको भूमिका र पछिल्लो समयमा दुई देशको विचमा भइरहेका विभिन्न तहको भ्रमणको विचमा भारतले नेपालका हिन्दुवादीको आन्दोलनलाई मलजल गरिरहेको उल्लेख गरेका छन्।

उनले नेपालमा राजावादी र राजनीतिक दलहरुको नयाँ राजनीतिक समीकरण बनाउने प्रयास भएको समेत उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘यी सबै घटनाक्रमको विचमा भारत अहिले नेपालमा ताजा जनादेशको पक्षमा खुलेर आएको छ।’

उनले भनेका छन्, ‘यी सबै घटनाक्रमले भारतलाई नेपालमा एक गैरप्रजातान्त्रिक, असंवैधानिक र अवसरवादी प्लेयरको रुपमा चित्रित गर्नेछ र साउथ ब्लकका रणनीतिकारले भने यसलाई ठूलो उपलब्धी पाउन चुकाइएको थोरै मूल्यको रुपमा सोचेका छन्।’

उनले नेपालमा पछिल्लोपटक भारतले निकै होसियारीपूर्वक र कौशल ढंगले कार्ड खेलेर आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने रुपमा प्रस्तुत गर्न खोजेको समेत उल्लेख गरेका छन्।

सन् १९५० को शान्ति र मैत्रि सन्धीको बारेमा समेत उनले विस्तृतमा ब्याख्या गरेका छन्। उनले भारत सो सन्धी परिमार्जनको पक्षमा रहेको र नेपालले भारतको सुरक्षा चासो र आफ्नो विकास आकांक्षाको बारेमा कसरी सन्तुलन कायम गर्ने भन्ने सम्बन्धमा स्पष्ट पार्न नसकेको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘यो सन्तुलनविना नयाँ सन्धिको सम्भावना छैन र नेपाल पुरानो सन्धि खारेज गर्ने पक्षमा छैन।’

प्रतिक्रया दिनुहोस्