नेविसंघ शंकरदेब क्याम्पसद्वारा महानगरीय ट्राफिक प्रहरीको ध्यानाकर्षण

काठमाडौं। सार्वजनिक यातायातमा विद्यार्थीहरुले भाडादरमा छुट नपाएको प्रति नेपाल विद्यार्थी संघ शंकरदेब क्याम्पसले महानगरीय ट्राफिक प्रहरी कार्यालयको ध्यानाकर्षण गराएको छ।

नेविसंघ शंकरदेव क्याम्पस ईकाइ सभापति विवेक लामा घिसिङको नेतृत्वमा गएको टोलीले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता श्यामप्रसाद अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो।

ईकाइ सभापति लामाद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा लकडाउन र त्यसपछि सार्वजनिक सवारी साधनमा जोर बिजोर पूर्ण रुपमा सामान्य भइसक्दा पनि विद्यार्थीहरूले परिचयपत्रमा भाडादरमा छुट नपाएको उल्लेख छ। ध्यानाकर्षण पत्रमा महाशाखाले आधिकारिक रूपमा तत्काल सूचना जारी गरी विद्यार्थीहरुको समस्याको आवाज बनी दिन अनुरोध गरिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता श्यामप्रसाद अधिकारीले विद्यार्थीहरुले दिएको ध्यानाकर्षण पत्रलाई सकारात्मक रुपमा लिएको बताए। उनले राज्यद्धारा विद्यार्थी, बृद्धबृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरूलाई प्रदान गरिएको सुविधा पाउनु पर्ने सो कार्यान्वयनमा ट्राफिक प्रहरी लागेको बताए।

कोरोनाको महामारीको अवस्था त्यसपछि स्कुल कलेज नखुलेको अवस्थामा विद्यार्थीहरुले पाउने सुविधा केही छाँयामा परेको हुनसक्ने भएपनि सार्वजविक यातायातमा विद्यार्थी, वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरूलाई भाडामा छुट नदिएको पाइएमा कारवाही गरिने बताए। सो सम्बन्धी सूचना ट्राफिक प्रहरीको वेबसाइटमा पनि राखिएको छ, प्रवक्ता अधिकारीले भने सार्बजनिक सवारी साधनमा परिचय पत्र मा छुट नदिएको खण्डमा ट्राफिक शाखाको १०३ मा सम्पर्क गर्न सक्नुहुनेछ।

सार्वजनिक सडक यातायात व्यवस्था नियम अनुसार विद्यार्थीहरुले ४५ प्रतिशत र वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरूका लागि भाडामा ५० प्रतिशत छुटको व्यवस्था छ।

ध्यानाकर्षण पत्र:

प्रतिक्रया दिनुहोस्