राजनीतिमा केपी ओली महाठग भएको झलनाथको आरोप

भक्तपुर। नेकपा प्रचण्ड नेपाल पक्षका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीलाई राजनीतिमा महाठगको आरोप लगाएका छन्।

आज भक्तपुरको ठीमिमा भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुर जिल्ला कमितिको अगुवा कार्यकर्ता भेलामा बोल्दै नेता खनालले यस्तो आरोप लगाएका हुन्।

सुरक्षाको कारण देखाउँदै पार्टीको बैठकमा सहभागी नजनाउने ओली उपत्यकाबाहिर गएर सम्बोधन गर्न थालेकोप्रति नेता खनालले रोष प्रकट गरे। उनले भने, ुपार्टीको बैठकमा आउन असुरक्षा देख्‍ने उहाँलाई अहिले उपत्यकाबाहिर भाषण गर्दै हिँड्न चाँहि केही असुरक्षाको महसुस भएको छैन।ु कोभिडको महामारी र आफ्नो स्वास्थ्यो ख्याल गर्दै प्रधानमन्त्री ओली भाषण र भेलामा उपस्थित भएका थिएनन्। पुस ५ गते संसद् विघटनको घटनापछि दुवै पक्ष भाषण र भेलामा जुटेको छ।

उनले धनगढीमा भएको प्रदर्शनलाई हास्यव्‍यंग्‍यको उपमा दिँदै ओलीलाई अब मह जोडीसँग मिलेर हास्य प्रतिष्ठान खोल्नसमेत सुझाव दिए। हाल ओलीले गरिरहेको हरेक गतिविधि केवल हास्य प्रहसनका लागि मात्र उपयुक्त भएको उनले टिप्पणी गरे।

केन्द्रीय कमितिमा ४० प्रतिशत पुर्‍याउन नसक्ने केपी ओलीले पार्टी हाम्रो हो भनेर बकवास गरिरहेको नेकपाका नेता खनालले बताए। पञ्चायतकालमा पञ्चहरुले जस्तै पैसा दिएर मान्छे बोलाउने अनि कार्यकर्ता भनेर मास देखाएर जुलुस निकाली जनता तर्साउन खोजेको आरोप लगाउँदै केपी ओलीको यथार्थ कुरा कार्यकर्तामाझ बाहिर आएपछि जिउँदो लाश बने पक्का भएको पनि बताए।

नेता खनालले पार्टीको आधिकारिकताका विषयमा अहिले निर्वाचन आयोगले सोधखोज गरिरहेको पनि सुनाए। ऐनको आधारमा मात्र काम गर्छ ऐन मिच्न पाइँदैन भन्दै अफ्ना पक्षको नेकपा पार्टीले नै सूर्य चिन्ह र आधिकारिकता पाउनेमा आफू विश्वस्त रहेको बताए।

प्रतिक्रया दिनुहोस्