पूर्वप्रधानन्यायाधीशहरूले सडक इजलासबाट फैसला गर्न खोजेको बस्नेतको आरोप

काठमाडौं। नेकपा ओली पक्षका नेता महेश बस्नेतले पूर्वप्रधानन्यायाधीशहरूले संसद् विघटनको विपक्षमा वक्तव्य निकालेर ‘सडक इजलासबाट फैसला’ गर्न खोजेको आरोप लगाएका छन् ।

ओली पक्षको युवा संघ नेपालको शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै बस्नेतले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भन्नु र सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको मुद्दालाई लिएर विज्ञप्ति जारी गर्नु गलत भएको बताए ।

‘पूर्वप्रधानन्यायाधीशहरूले हिजो विज्ञप्ति निकाल्नुभएछ । बहुदल आएपछि २० जना प्रधानन्यायाधीश हुनुभएको थियो तर ४ जना पूर्वप्रधानन्यायाधीहरूले वक्तव्य निकाल्नुभएको रहेछ संसद् विघटन गलत भएको हो भनेर। उहाँहरू प्रधानन्यायाधीश भएको बेला त्यस्तो वक्तव्य आएको भए के भन्नुहुन्थ्यो?’, सर्वोच्चमाथि यसरी हस्तक्षेप गर्न नहुने भन्दै बस्नेतले थपे, ‘संवैधानिक इजलासलाई चुनौती दिएर के सडक इजलासबाट फैसला गर्दै हुनुहुन्छ?’

प्रतिक्रया दिनुहोस्