गरीब बस्तीमा हिमानी ट्रस्टको राहात,कार्यक्रममा पुर्वराजा ज्ञानेन्द्र पनि सरिक

झापा । झापाको पृथ्वीनगरको गरीब बस्तीमा रहेका बालबालिका र वृद्धबृदालाई शनिबार पूर्वयुवराज्ञी हिमानी शाह नेतृत्वको हिमानी ट्रस्टले राहत वितरण गरेको छ।

मानवीय सहायताको क्षेत्रमा काम गरिरहेको ट्रस्टले
झापाको भद्रपुर नगरपालिका २ पृथ्वीनगरमा रहेको सिंहदेवी आधारभूत विद्यालयमा आयोजित राहत बितरण कार्यक्रममा राजपरिवारका तर्फबाट पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज्ञी हिमानी, पारस-हिमानी पुत्र हृदयेन्द्र शाहको पनि उपस्थित थियो । गरीब परिवारका बालबालिका तथा बृद्धबृद्धालाई हिमानी तथा हृदयेन्द्र स्वयंले राहत वितरण गरेका थिए।

ट्रस्टले ६५ परिवारका बालबालिकालाई न्यानो कपडा तथा बृद्धबृद्धालाई स्लिपिङ ब्याग उपलब्ध गराएको जनाएको छ ।

हिमानी ट्रस्टको कार्यक्रममा विरलै उपस्थित हुने गरेको पूर्व राजा ज्ञानेन्द्र शाह उक्त कार्यक्रममा उपस्थित हुँदा स्थानीयबासीले ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ नारा लगाएका थिए।

हिमानी तथा हृदयेन्द्रले राहत वितरण गरिरहँदा पूर्वराजा ज्ञानेन्द्रले स्वागतमा रहेका बालिकाहरूसँगै राखेर मञ्चमा बसेका थिए । पूर्व राजपरिवारका सदस्य केही समयदेखि झापाको दमकमा रहेको निवासमा बस्दै आएका छन्।

 

 

 

प्रतिक्रया दिनुहोस्