
धनगढी । राप्रपा कैलालीका १८४ जनाले एकैदिन पार्टी परित्याग गरेका छ्न । पार्टी परित्याग गर्नेमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कैलाली जिल्ला अध्यक्ष अभिशेक नाथ (लोक) सहित १८४ जना छ्न । नाथ सामाजिक अभियन्ता समेत हुन ।
उनीहरू सबै केपी ओली नेतृत्वको नेकपामा प्रवेश गरेका हुन । शुुक्रबार धनगढीमा आयोजित नेकपाको विशाल कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले सबैलाई टीका लगायर पार्टी प्रवेश गराएका थिए ।
पार्टी परित्याग गर्नेहरु विद्यार्थी र युवा संगठनमा आवद्ध ब्यक्ति हुन ।