नेपालको कोरोना अपडेटः थप २ सय ५९ जनामा संक्रमण पुष्टि, ५ सय १३ संक्रमणमुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा मुलुकभर दुई सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पाँच सय १३ संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म १९ लाख ८२ हजार दुई सय ४६ जनाको पिसिआर परीक्षण गरिएको छ। मन्त्रालयका अनुसार कुल संक्रमित २ लाख ६४ हजार सात सय ८० जना छन्। जसमध्ये सक्रिय संक्रमित ४ हजार चार सय २२ छन्।

बितेको २४ घण्टामा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या १९ सय १७ जना पुगेको छ ।

हालसम्म २ लाख ५८ हजार चार सय ४१ जना संक्रमणमुक्त भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या २ सय ५७ छ।

प्रतिक्रया दिनुहोस्