पृथ्वी जयन्तीको अवसरमा झापाका दुई स्थानीय तहमा सार्वजनिक बिदा

झापा। झापाका दुई स्थानीय तहले सोमबार सार्वजनिक बिदा दिएका छन्। राष्ट्रिय एकता तथा पृथ्वी जयन्तीको अवसरमा कचनकवल गाउँपालिका र हल्दिबारी गाउँपालिकाले स्थानीय तहमा सार्वजनिक बिदा दिएको हो।

कचनकवल गाउँपालिकामा पुस १७ गते बसेको बैठकले नेपाल एकीकरणकाका लागि पृथ्वीनारायण शाहले गरेको योगदानको सम्मान गर्दै विगतमा मनाउँदै आएको राष्ट्रिय एकता दिवसलाई भव्य रुपमा मनाउन गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिए।

त्यस्तै, हल्दिबारी गाउँपालिकामा पुस २३ गते बसेको कार्यपालिकाको बैठकले राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाउने गाउँपालिकाभरि बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिए। यी गाउँपालिकामा विगतका वर्षहरूमा पनि यस दिवसका दिन सार्वजनिक बिदा दिँदै आइरहेका छन्।

प्रतिक्रया दिनुहोस्