पृथ्वी जयन्तीलाई भव्य रुपमा मनाऔ ;राप्रपा अध्यक्ष लोहनी (भिडियो )

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले २९९ औं पृथ्वी जयन्तीको अवशरमा शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा भिडियो सन्देशमार्फत उनले शुभकामना व्यक्त गरेका हुन् ।  राष्ट्रिय एकताका निर्माता पृथ्वीनारायण शाहले गरेकाे योगदानको चर्चा गर्दै राष्ट्रनिर्माता शाहले गरेका कार्यलाई सम्मान गर्नुपर्ने र उनलाई श्रद्धाञ्जली दिनु सबै नेपालीकाे कर्तव्य भएकाे डा. लोहनीले बताएका छन् ।

पृथ्वीनारायण शाहले गरेको उल्लेखनीय कार्यले नेपाल राष्ट्र बनेको र शाहले राष्ट्रिय एकतामै आफ्नो जिन्दगी समर्पण गरेकाे डा. लोहनीले बताएका छन् ।

भिडियो हेर्नुहोस ।

 

 

 

प्रतिक्रया दिनुहोस्