
साहसी अनि निडर थियौं गर्दछौं सम्मान
एकताबद्ध बनाइ देश भयौ नि जीवित
टुक्रा ती राज्य जोडेर सिङ्गो नेपाल बनायौ
संसार भरी नेपाली वीर भनेर चिनायौ
मितेरी नाता लगाई तिमी सम्बन्ध बढायौ
विवाह गरि जोडेर नाता आफन्त बनायौ
तालिम दिइ सैनिकहरु तयारी राख्यौ नि
एउटै देश नेपाल भन्दै आफैले लड्यौ नि
वैरीले आखा गाडेका थिए सुन्दर देखेर
अगाडि बढ्यौ खेद्न ती शत्रु खुकुरी भिरेर
जनता खुसी राखेर सधै सत्मार्ग रोजेका
जन्मेको माटो शिरमा राखी देखायौ वीरता
असल व्यक्ति अमर हुन्छ शिक्षा यो दिलायौ
नेपाली वीर भनेर तिमी इतिहास रच्यौ
पोशाक लायौ ढाकाको टोपी दौरा सुरुवाल
गरिब, दु:खी,निमुखा जन गरेथ्यौ नि ख्याल
फर्केर आउ देशको माया मुटुमा राखेर
टुक्र्याए देश नेपाल हाम्रो सबैले बाँडेर
माटोले फेरि तिम्रो नै बाटो हेरेर बस्दैछ
देशको रक्षा गर्नको लागि नेपाली जाग्दैछ
बिना रोका, घोराही दाङ्ग