राष्ट्रिय एकता दिवसमा विखण्डनकारीको जात्रा !


खगिन्द्र राज पौडेल । आज पौष २७ गते, राष्ट्रिय एकता दिवस, सबै नेपालीले गौरव महशुस गर्ने दिन । तर विडम्बना त्यसो कहिल्यै हुन सकेन । मात्रै एकताका प्रतीक पृथ्वीनारायण शाहलाई यो देशका नवसत्ता धारीले रुवाउने काम गरे अर्कोतिर सबै पृथ्वी शालिक फुलले भरिन्छ, धेरै राष्ट्रवादी हूं भन्ने मपाइहरु झुण्डमा नभए फलानो पार्टी, फलानो अभियान, फलानो शक्ति लेखेको ब्यानर बोकेर २०/३० जनाको जनसागरमा भित्रिछन्, फोटो सेसन हुन्छ, दुई चार जना पत्रकारले दुई चार शब्द बोल्ने मौका दिन्छन् त्यसपछी ऊ त्यो अर्को झुण्ड आउँछ फेरी त्यही नाटक दोहोरिन्छ सिंहदरवार पृथ्वी शालिकमा ।

एकताका प्रतीक एउटा औला ठड्याएर उभिईरहन्छन् र एक एक झुण्डहरु राष्ट्रियताका अलाप गाउँदै बिदा हुन्छन् ।यो क्रम बर्षौदेखि चलिरहेछ र चलिरहन्छ निरन्तर । त्यति मात्र कहाँ हो र यो अखण्ड नेपाल निर्मातालाई श्रद्धासुमन दिनका लागि यो विखण्डनकारी गणतान्त्रिक सरकारका प्रमुख र स्वयं राष्ट्रपतिको पनि आगमन हुन्छ सलामी खान, कति लाजमर्दो । कसरी सहलान् राष्ट्रनिर्माताले ? राष्ट्र खरानी भैसक्यो, देशका आधारहरु केही बाँकी छैनन्, सबै शक्तिहरु देशलाई चुस्नमा नै ब्यस्त छन्, अलिकती बचेको रगत बाहेक बाँकी केही छैन देशको तर पनि चुस्ने क्रम जारी छ कठै हामी नेपाली ।

धेरै केही गर्नु पर्दैन देश नै बचाउने र सच्चा राष्ट्रबादी भए । त्यहाँ जम्मा भएको भीडमात्र एकै स्वर र एकै पटक दुई दिन मात्र मिलेर राष्ट्रका लागि समय दिने हो भने यी विदेशी एजेन्टले चलाएको गणतन्त्रको नामोनिसान केही बाँकी रहंदैन यो देशमा तर त्यसो हुंदैन । म ठुलो, म पुरानो, म विद्वान सबै यस्तै मात्रै भेटिन्छ्न यहाँ । कोही केही होईनौं पहिले राष्ट्र भन्ने नेपाली खोज राष्ट्रनिर्माता अनि मात्र बाँच्छ तिम्रो देश नत्र औला ठड्याउने ठाउमा कुनै फिरंगीको शालिक बन्नेछ र सकिनेछ नेपाल ।

 

 

प्रतिक्रया दिनुहोस्