गणतान्त्रिक सरकारलाई लज्जाबोध हुनेगरी नागरिक स्तरमा पृथ्वी जयन्ती मनाईदै

काठमाडौं । आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउदै छ । १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ।

उनले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए। यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ।

२००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२/०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो। सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन छाडे पनि नागरिक स्तरबाट भने विभिन्न कार्यक्रम भने हरेक वर्ष हुने गरेका छन्।

२९९औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले विशेष कार्यक्रम गरेर मनाउँदै छ ।

यसवर्ष पनि गणतान्त्रिक सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशलाई व्यवास्ता गरेपनी नागरिक स्तरबाट भने यसलाई हर्षउल्लासका साथ मनाउने तयारी भएको हो ।

विगतका वर्षमा पृथ्वी जयन्ती तथा एकता दिवश छुट्टाछुट्टै तरिकाले मनाउने गरिएकोमा यसपटक भने राष्ट्रप्रेमि देशभक्त नागरिक सामुहिक तवरले मनाउने तयारीमा छ्न ।

नेपाल एकीकरण देखि राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहले पुर्याएको योगदानको उच्च कदर गर्दै देशभर भव्य तरिकाले यो दिवश मनाईने भएको छ । जसको लागि नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्रसहित राजसस्था पुनर्स्थापनाको माग गर्दै आएका विभिन्न शक्तिहरु र समुहका साथै देशभक्त स्वाभिमानी नागरिकले घरघरमा पृथ्वी जयन्तीको तयारी थालेका छ्न ।

यसपटक पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशलाई विगतका वर्षको तुलनामा फरक तर भव्य र सभ्य बनाउन, मातृभुमी संरक्षण नेपाल ,राष्ट्रिय प्रजातन्त्र पार्टी, विश्व हिन्दु महासङ्घ ,विभिन्न हिन्दुवादी संघ/संगठन, राष्ट्रिय सरोकार मंच नेपाल, राष्ट्रवादी एकता समाज,मातृभुमी संरक्षण अभियान नेपाल ,स्वतन्त्र नेपाली नागरिक समाज, शिव सेना नेपाल ,ठकुरी समाजलगाएतले देशभर तयारी थालेका छ्न ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने निर्णयसमेत गरिसकेको छ ।
पृथ्वी जयन्तिको अवसरमा राष्ट्रिय झण्डा जुलुस, माल्यार्पण, लगाएतका विभिन्न कार्यक्रमको देशभर तयारी थालिएको छ ।

पछिल्ला वर्षमा मुलुकमा विदेशी चलखेल र चासो बढेको तथा राज्य सञ्चालनमा रहेका नेता र प्रशासकहरु अमूक स्वार्थमा अल्झँदा मुलुकको राष्ट्रियता कमजोर बन्दै गएको भन्दै आमस्तरमा चिन्ता बढेकाले पनि पृथ्वी जयन्तीको सान्दर्भिकताको खोजी भइरहेको छ ।

 

 

प्रतिक्रया दिनुहोस्