सरकारको निर्देशनमा पृथ्वी जयन्ती मनाउने नागरिक माथि प्रहरीले बर्सायो लाठी

काठमाडौँ । सरकारको निर्देशनमा प्रहरीले पृथ्वी जयन्ती मनाइरहेका नागरिक माथि अबरोध सृजना गरेको छ । सोमबार पृथ्वीनारायण शाहको प्रतिमा रहेको सिंहदरबारको पश्चिम गेट क्षेत्र प्रहरी दमनक कारण तनावग्रस्त बनेको छ ।

२९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिको आह्वानमा प्रतिमामा माल्यार्पणका लागि सिंहदरबार पश्चिम गेटतर्फ विशाल र्‍यालीसहित गएका सहभागीहरुलाइ प्रहरीले रोक्न खोज्दा सहभागी सर्वसाधारण र प्रहरीबीच झडप भएको हो ।

सिंहदरबारको पश्चिम गेट क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रहरीको तैनाथी बढाइएको छ ।

प्रतिमा भएको क्षेत्रमा एक समूह प्रवेश दिइए पनि अरु समूहलाई बिच सडकमै रोखिएको छ । सहभागीले प्रहरी विरुद्ध नाराबाजी गरेका छन् । सो क्षेत्रमा आवातजावत गर्न पूर्ण रुपमा रोक लगाइएको छ। सडकपेटीमा हिँड्नेहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ। प्रहरीको लाठी प्रहारबाट केहीको टाउकोमा चोट लागेको छ ।

नागरिक तहबाट आज पुस २७ गते हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनका लागि समितिले कार्यक्रम गरेको हो । यो अभियानमा अभिनेत्री मनिषा कोइराला, रमेश खरेल तथा भरत बस्नेतसहितको सक्रिय सहभागिता रहे पनि प्रहरीले कोइरालासहितको टोलीलाई पनि अघि बढ्न दिएको छैन ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्