पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सुर्खेतमा पनि मनाइयो

सुर्खेत । आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सुर्खेतमा पनि मनाइएको छ । राप्रपा सुर्खेतको आयोजनामा बृहत प्रदर्शनसहित कार्यक्रम गरिएको हो ।

पृथ्वी जयन्ती तथा एकता दिवसका अबसरमा वीरेन्द्रनगरमा बृहत र्याली समेत गरिएको थियो ।

१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ।

उनले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए। यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ।

२००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२/०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो। सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन छाडे पनि नागरिक स्तरबाट भने विभिन्न कार्यक्रम भने हरेक वर्ष हुने गरेका छन्।

प्रतिक्रया दिनुहोस्