प्राविधिक कारण देखाउँदै फेरि बन्द भयो सवारी दर्ता

काठमाडौं। प्राविधिक कारण देखाउँदै नयाँ सवारी दर्ता फेरि बन्द भएको छ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्रले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।

व्यवस्था कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘प्राविधिक कारणले यस सेवा कार्यालयबाट दिइँदै आएको नयाँ थप दर्ता कार्य स्थगन गरिएको छ।’ सोमबार दर्ता गर्न बाँकी रहेका सेवाग्राहीहरूको नयाँ थप दर्ता कार्य अर्को सूचना प्रकाशित भएपछि सुचारु हुने सूचनामा उल्लेख छ।

प्रतिक्रया दिनुहोस्