भारतका केन्द्रीय मन्त्री सडक दुर्घटनामा घाइते, श्रीमतीको निधन

काठमाडौं। कर्नाटकमा भएको सडक दुर्घटनामा भारतका केन्द्रीय मन्त्री श्रीपद नाइक घाइते भएका छन्। एक अधिकारीका अनुसार घटनामा उनकी पत्नी र एक सहायोगीको मृत्यु भएको छ।

नाइकसँग उनकी पत्नी विजया र सहयोगी यात्रा गर्दै थिए। उत्तर कन्नड जिल्लाको अंकोला नजिकै यो दुर्घटना निम्तिएको हो। मन्त्री नाइक कर्नाटनस्थित एक धर्मिकस्थलबाट गोआ फर्कदै थिए। अधिकारीहरुका अनुसार नाइकका उपचारका लागि गोवा मेडिकल कलेजको सह अस्पतालमा लगिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले नाइकको उपचार विशेष ध्यान दिन आग्रह गर्दै गोआका मुख्यमन्त्री प्रमोद सावन्तसँग टेलिफोन वार्ता गरेका छन्। रक्षामन्त्री राजनाथ सिंहले पनि सावन्तसँग नाइकको उपचारका विषयमा कुराकानी गरेका थिए। कर्नाटकका मुख्यमन्त्री बिएस येदीयुरप्पाले मन्त्री पत्नी विजयाको निधनमा शोक व्यक्त गरेका छन्। उनले मन्त्रीको शिघ्र स्वास्थलाभको काम पनि गरेका छन्।

६८ वर्षका श्रीपदले अहिले आयुष मन्त्रालयको काम सम्हालिरहेका छन्। आयुष मन्त्रालयले आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, युनानी, सिद्ध र होमियोप्याथी हेर्छ। मन्त्री श्रीपद उत्तरी गोआबाट भारतीय जनता पार्टीका लोकसभा सदस्य पनि हुन्।

प्रतिक्रया दिनुहोस्