तीनवटा प्रदेशमा आज प्रचण्ड-माधव समूहको बृहत् भेला

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-माधव समूहले बृहत कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। उक्त समूहले आज प्रदेश नम्बर २, गण्डकी र कर्णाली प्रदेशमा बृहत् कार्यकर्ता भेला गर्ने भएको छ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध दोस्रो चरणको संघर्षका कार्यक्रम गरिरहेको प्रचण्ड-नेपाल समूहले आज थप ३ वटा प्रदेशमा बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागेको हो।

गण्डकी प्रदेशको भेलामा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटा जुगलले जानकारी दिए।

प्रचण्ड माधव समूहले सोमबार प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बृहत् कार्यकर्ता भेला गरेको थियो। प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको बारे कार्यकर्तालाई अभिमुखीकरण गरी जनस्तरसम्म प्रचारप्रसार गर्न यसप्रकारको कार्यक्रम आयोजना गरिएको केन्द्रीय संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिइन्। प्रचण्ड-माधव समूहले बुधबार बागमती प्रदेशमा बृहत कार्यकर्ता भेला गर्दैछ।

प्रतिक्रया दिनुहोस्