पर्यटन बोर्डको प्रदेशस्तरीय कार्यालय विस्तारका लागि केन्द्रबाट कर्मचारी खटाइयो

काठमाडौं। नेपाल पर्यटन बोर्डले प्रदेश स्तरीय कार्यालय विस्तारका लागि सात वटै प्रदेशमा अध्ययनका लागि कर्मचारी खटाएको छ। बोर्डले सात वटै प्रदेशमा आफ्नो कार्यालय विस्तारका लागि प्रक्रिया थालेको हो।

अध्ययनका लागि फिल्डमा खटाइएका कर्मचारीले १० दिनसम्म बोर्डमा आवश्यक तयारी सहितको प्रतिवेदन बुझाउने छन्। उक्त प्रतिवेदनका आधारमा बोर्डले प्रदेश कार्यालय स्थापना गर्ने पर्यटन बोर्डले जनाएको छ।

यद्यपि सातै प्रदेशमा कार्यालय स्थापनाका लागि बोर्डले चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। उक्त रकम अपुग हुने अवस्था आएमा तालुक मन्त्रालयसँग प्रत्येक प्रदेशका लागि एक–एक करोड रुपैयाँ बजेट माग गरिएको जनाइएको छ।

अहिले बोर्डबाट प्रदेशमा खटाइएका कर्मचारीले अध्ययन गरी कार्यालय रहने स्थान तय गर्नेछन् । स्रोतका अनुसार प्रदेश कार्यालयका लागि भने केन्द्रबाटै कर्मचारी खटाउने तयारी बोर्डको छ ।

प्रतिक्रया दिनुहोस्