प्रचण्ड–माधव समूहको आज बागमती प्रदेशस्तरीय कार्यकता भेला

काठमाडौं। प्रतिनिधिसभा बिघटनविरुद्ध आन्दोलनमा रहेको नेकपा प्रचण्ड–माधव समुहले आज पनि वृहत कार्यकर्ता भेला गर्दैछ।

काठमाडौंको कमलादीस्थित प्रज्ञाभवनमा हुने भेलालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिइन्।

भेला दिउँसो साँढे १२ बजेपछि शुरु हुनेछ। केहि दिनदेखि प्रदेशस्तरीय भेला तथा प्रशिक्षण चलाएको प्रचण्ड–माधव समुहले आज पनि कार्यकर्ता भेलालाई निरन्तरता दिएको हो।

यो समूहले यसअघि ६ वटै प्रदेशमा प्रदेशस्तरीय भेला र प्रशिक्षण गरिसकेको छ । हिजो प्रचण्ड–माधव समूहले प्रदेश नम्बर २, गण्डकी र कर्णाली प्रदेशमा बृहत् कार्यकर्ता भेला गरेको थियो। भेला तथा प्रशिक्षणका कार्यक्रम सकेपछि माघ २ गतेदेखि भने विरोध प्रदर्शनका कार्यक्रम शुरु हुने भुसालले बताइन्।

माघ २ गते देशब्यापी सबै वडामा र ५ गते पालिकास्तरीय विरोध प्रदर्शन गर्ने कार्यक्रम छ।

प्रतिक्रया दिनुहोस्