लोकसेवा आयोगद्वारा नायब सुब्बाको विज्ञापन आह्वान (विज्ञापनसहित)

काठमाडौं। लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) को विज्ञापन आह्वान गरेको छ ।

आयोगले वार्षिक कार्यतालिका अनुसार आज बुधवार सूचना प्रकाशित गर्दै राजपत्र अनङ्कित प्रथम श्रेणी (अप्राविधिक) तर्फ नायब सुब्बाको सयौंको संख्यामा विज्ञापन आह्वान गरेको हो। खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी लोक सेवाले बुधबार विज्ञापन प्रकाशित गरेको हो। काठमाडौं कार्यालयबाट खुलामा १५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताबाट ४८ गरी जम्मा २९६ जनाका लागि विज्ञापन खुलाइएको छ।

यसैगरी, धनकुटा कार्यालयबाट खुलामा ४७, ज्येष्ठताको आधारमा ३१ र कार्यक्षमताको आधारमा १८ गरी ९६ जनाका लागि विज्ञापन प्रकाशित भएको छ। जलेश्वर कार्यालयबाट खुलाबाट ४९, ज्येष्ठताको आधारमा ४९ र कार्यक्षमताको आधारमा २३ जना गरी कूल १२१ जना सुब्बाको पदपूर्ति गरिने छ।

पोखरा कार्यालयबाट खुल्लाबाट ५२, ज्येष्ठताको आधारमा ३५ र कार्यक्षमताको आधारमा १७ जनाको पदपूर्ति हुने लोक सेवा आयोगले जनाएको छ। बुटवल कार्यालयबाट खुल्लामार्फत् ५३ जनाको पदपूर्ति हुने छ। यस कार्यालयबाट ज्येष्ठताको आधारमा ३७ र कार्यक्षमताको आधारमा २२ जनालाई बढुवा गरी पदपूर्ति गरिने छ ।

सुर्खेत कार्यालयबाट खुल्लामा २३, ज्येष्ठताको आधारमा १९ र कार्यक्षमताको आधारमा १० गरी कूल ५२ जना नासुको पदपूर्ति हुने छ। यसैगरी, दिपायल कार्यालयबाट खुल्लामा ३७ जनाको विज्ञापन खुलेको छ। यस कार्यालयबाट ज्येष्ठताको आधारमा १६ र कार्यक्षमता मूल्यांकनबाट ९ जनाको बढुवा गरी पदपूर्ति गरिने लोक सेवा आयोगले जनाएको छ।

दरखास्त बुझाउने अन्तिम मिति माघ २० गतेसम्म र दोब्बर दस्तुर तिरी माघ २७ गतेसम्म रहेको छ। दरखास्त अनलाइनमार्फत बुझाउन सकिने छ। परीक्षा केन्द्र आयोगको केन्द्रीय कार्यालय बाहेक आयोगका सबै कार्यालयहरू तथा जलेश्वर कार्यालयबाट विज्ञापन हुने पदका लागि सिरहाको लाहान र पर्साको वीरगन्जबाट पनि परीक्षा दिन सकिने छ।

यस्तै सुर्खेतबाट विज्ञापन हुने पदका लागि डोल्पा र हुम्ला जिल्लाबाट पनि परीक्षा दिन सकिने आयोगले जनाएको छ। दरखास्त दस्तुर प्रत्येक समूहका लागि ४०० सय र थप समूहका लागि २०० थप दस्तुर बुझाउनु पर्ने छ।

परीक्षा दस्तुर राष्ट्रिय वाणिज्य बैङ्क, ग्लोबल आइएमई बैङ्क, एनआइसी एसिया बैङ्क र कुमारी बैङ्कबाट बुझाउन सकिने छ।

Click to access nasu_advt_Open.pdf

प्रतिक्रया दिनुहोस्