
काठमाडौं। पुराना चर्चित पत्रकार तथा स्तम्भकार जनार्दन आचार्यको निधन भएको छ। ८१ वर्षको उमेरमा आचार्यको काठमाडौंमा निधन भएको हो।
लामो समयदेखि मधुमेह र उच्च रक्तचाप र पार्किन्सन्सबाट पीडित आचार्यको बुधबार विहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
पत्रकार आचार्य साप्ताहिक मञ्चका संस्थापक सदस्य तथा साप्ताहिक विमर्श, समकालीन साप्ताहिक र नेपालीपत्र साप्ताहिकका सम्पादक थिए। पत्रकार आचार्यको ुसमय(समयु स्तम्भका चर्चित स्तभकार थिए। वामपन्थी पृष्ठभुमिबाट राजनीति सुरु गरेर पछिल्लो कालखण्डमा पञ्चायत र नेकपा माओवादीको समर्थक पनि भएका थिए।
पत्रकार आचार्यका श्रीमती र तीन छोरा छन्। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ।