आठ वाणिज्य बैंकसहित ३१ कम्पनीले जरिवानाबाट बच्न आज साधारणसभा गर्दै (सुची सहित)

काठमाडौं। चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्तिम दिन अर्थात पुस २९ गते आठवटा वाणिज्य बैंकसहित ३१ वटा कम्पनीले साधारणसभा गर्दैछन्।

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका ३१ कम्पनीले एकैदिन सभा आह्वान गरेका हुन्।

ग्लोबल बैंक, एनएमबि बैंक, नेपाल बैंक, नविल बैंक, प्राईम बैंक, मेगा बैंक, कृषि विकास बैंक,सेन्चुरी बैंक गरी आठ वाणिज्य बैंक, दुई विकास बैंकमा कामना सेवा र साइन रेसुङ्गा विकास बैंले आज साधारण सभा बोलाएका छन्। त्यस्तै, आजै साधारण सभा गर्नेमा ८ लघुवित्त, सात फाइनान्स, दुई हाइड्रोपावर कम्पनी सहित हिमालयन डिस्टिलरी पुनर्बीमा कम्पनी, सोल्टी होटल र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी रहेका छन्।

सूचीकृत कम्पनीहरुले कम्पनी रजिस्ट्रारको कार्यालायको जरीवानाबाट बच्न र नियामकको नजरमा संस्थापक सुशासन भएको देखाउन दोस्रो त्रैमास अर्थात् पुस मसान्तभित्रै साधारणसभा सक्नुपर्ने हुन्छ। यसैकारण धेरै कम्पनीले दोस्रो चौमासिकको अन्तिम दिन सभा गर्न लागेका हुन्।

प्रतिक्रया दिनुहोस्