रेष्टुरेन्ट सञ्चालकसँग घुस लिँदै गर्दा कम्प्युटर अपरेटर रंगेहात पक्राउ

काठमाडौं। आन्तरिक राजश्व कार्यालय बालाजुका एकजना कम्प्युटर अपरेटर घुस रकमसहित पक्राउ परेका छन्।

एक रेष्टुरेन्ट सञ्चालकसँग लिएको ४३ हजार रुपैयाँ घुस रकमसहित आन्तरिक राजश्व कार्यालय बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा पक्राउ परेका हुन्।

काठमाडौंको वनस्थली (ढुङ्गेधारा) स्थित टिमुर किचन रेस्टुरेन्टको सञ्चालक सन्तोष थापा मगरसँग उनले उक्त घुस रकम लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ।

आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले कम्प्युटर अपरेटर शर्मालाई घुस लिँदालिँदै पक्राउ गरेको हो। कम्प्युटर अपरेटर शर्मासहित उनलाई घुस दिन रेस्टुरेन्ट सञ्चालक सन्तोष थापा मगरलाई पनि पक्राउ गरिएको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए।

प्रतिक्रया दिनुहोस्