तराईमा बिहानैदेखि बाक्लो हुस्सु, कस्तो रहला आगामी तीन दिनको मौसम ? (रिपोर्ट )

काठमाडौं । देशमा पश्चिमी वायुकाे सामान्य प्रभाव मौसम जल तथा पूर्वानुमान महाशाखाले जनाएकाे छ ।  पश्चिमी वायुकाे प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ तराई भू-भागमा हल्का हुसु/कुहिरो लागेको छ ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएकाे छ ।  सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका भू-भागमा आंशिक बदली रहेर देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ र गण्डकी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। एक रिपोर्ट

मौसम विश्लेषण
हाल देशमा पश्चिमी वायु तथा स्थानिय वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ  तराई भू-भागमा हल्का हुसु/कुहिरो लागेको छ  ।आगामी तीन दिनको मौसम पूर्वानुमान 
माघ १ गते (बिहीबार)
दिउँसो :  प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही सुदुरपश्चिम प्रदेश र लुम्बिनि प्रदेशका तराईका भु-भागमा आंशिक बदली रहेर देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश नं १, कर्णालि प्रदेश र सुदुर पश्चिम प्रदेशका धेरै भू-भागमा आंशिक देखि सामान्य बदली रहि देशका अन्य भू-भागमा आंशिक बदली हुने देखिन्छ।  प्रदेश नं १ का  एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
माघ २ गते (शुक्रबार)
दिउँसो :  प्रदेश नं १, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकि प्रदेशका धेरै भू-भागहुमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ।  । सुदुरपश्चिम प्रदेश र कर्णालि प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुइ स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही  देशका अन्य भू-भागहरुमा आंशिक बदलि रहने देखीन्छ ।

माघ ३ गते (शनिबार)
दिउँसो :  प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रहने छ भने प्रदेश २ , बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ र बाँकि प्रदेशमा सामान्यतया सफा रहने देखिन्छ। प्रदेश नं १ का  एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश नं १, बाग्मति प्रदेश, गण्डकि प्रदेश र लुम्बिनि प्रदेशका धेरै भू-भागहुमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ।  । प्रदेश नं १, बाग्मति प्रदेश, गण्डकि प्रदेशका एक दुई स्थानमा हल्का बर्षा र उक्त प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  ;
देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु्/कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

 

 

 

 

 

 

 

प्रतिक्रया दिनुहोस्