गैर आवासीय नागरिकलाई जापान प्रवेशमा निशेध

टोकियो । जापानले गैर आवासीय विदेशीहरूलाई जापान प्रवेश गर्न फेरी रोक लगाएको छ ।

कोरोना भाइरसको महामारी थप फैलिँदै गएपछि सरकारले फेरी विदेशीहरूलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । प्रधानमन्त्री योशिहिडे सुगाले सबै देशका गैरआवासीय नागरिकलाई जापान प्रवेश गर्न नदिने बुधबार घोषणा गरे ।

जापानले कोरोना भाइरसको महामारी फैलिँदै गएपछि देशका धेरै क्षेत्रमा संकटकाल लगायतका कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरेको छ । पूर्व निर्धारित अत्यावश्यक यात्राका लागि भने कडा मापदण्ड पालना गरेर मात्रै प्रवेश गर्न दिने व्यवस्था पनि सरकारले गरेको छ ।

विदेशीलाई प्रवेश निषेध गर्ने निर्णय आगामी फेब्रअरी ७ तारिखसम्म लागू हुने अधिकारीहरूले जनाएका छन् । आवश्यकतानुसार सो अवधि लम्बिन पनि सक्ने उनीहरूले स्पष्ट पारेका छन् ।

जापानमा अहिले दैनिक हजारौँ संक्रमित हुने गरेका छन् भने संक्रमितहरूको सङ्ख्या पहिलाभन्दा बढी हुने गरेको छ ।

 

 

प्रतिक्रया दिनुहोस्