राष्ट्रिय सरोकार मञ्‍च कैलालीको संयोजकमा चन्द्रकान्त पनेरु,अन्यमा को ?

कैलाली । राष्ट्रिय सरोकार मञ्‍च नेपालले कैलालीमा आफ्नो कमिटी बिस्तार गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच मञ्‍चले चन्द्रकान्त पनेरुको संयोजक्त्वमा जिल्ला कमिटी गठन गरेको हो ।

राष्ट्रिय सरोकार मञ्‍च नेपालका केन्द्रिय अध्यक्ष सोम बिक्रम सिंहद्वारा पनेरुको नेतृत्वमा कमिटी बिस्तार गरिएको हो । कमिटीमा किशोर शाही सह – संयोजक, राम गिरी कोषाध्यक्ष, ज्योतिमान श्रेष्ठ सदस्य, शत्रुजीत जोशी सदस्य सहित ७ जना रहेका छ्न ।

यसैगरी प्रतीक जोशीलाई सचिव तथा अनिल सिंहलाई धनगढी उप- महानगरपालिकाको संयोजक चयन गरिएको छ भने सचिन भट्टलाई जिल्ला कमिटीमा सल्लाहाकारको तथा अनिल सिंहको नेतृत्वमा राष्ट्रिय सरोकार मञ्च नेपाल धनगढी उप – महानगरपालिकाको कमिटी गठन गरिएको जनाएको छ।

यसैगरी जेम्स पाललाई धनगढी उप – महानगरपालीकाको सचिव चयन गरिएको छ। सो कमिटीमा अधिराज शाह सदस्य, रोहित बलायर सदस्य सहित ४ जना रहेका छन । यस्तै अरूण प्रकाश सिंहलाई केन्द्रीय सदस्यमा नियुक्त गरिएको छ ।

कार्यक्रममा सुदूरपश्चिमाञ्चल अध्यक्ष रवीन्द्र (डब्बु) कार्कि, सचिव निरज चटौत, कोषाध्यक्ष प्रविन श्रेष्ठ, उत्तम खड्का, प्रदेश सदस्य र केन्द्रिय सदस्य विनय कुमार गौतमको उपस्थिति थियो।

 

 

प्रतिक्रया दिनुहोस्