राष्ट्रिय एकता दिवसमा भएको प्रहरी ज्यादतीविरुद्ध भोलि माइतीघर मण्डलामा विरोध प्रदर्शन हुँदै

काठमाडौं । २९९ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशमा स्वतन्त्र नेपाली नागरिक माथि भएको प्रहरी दमनविरुद्ध काठमाडौमा बृहत विरोध प्रदशर्न गरिने भएको छ ।

पौष २७ गते सिंहदरबार परिसरमा पृथ्वी जयन्ती मनाउने क्रममा देशभक्त ,स्वतन्त्र ,स्वाभिमानी नेपाली माथि भएको प्रहरी हस्तक्षेप राज्य आतंकको पराकाष्ठा भएको भन्दै भोलि शनिबार माइतीघर मण्डलामा विशाल विरोध प्रदर्सनको तयारी भएको हो ।

राष्ट्रिय नागरिक आन्दोलनको आयोजनामा मध्यान्न १२ बजे हुन गैरहेको विरोध प्रदशर्नमा सहभागीताका लागि सबै नेपालीमा अपिल गरिएको राष्ट्र बचाउ अभियानका संयोजक डा.मनोज कुमार झाले जानकारी दिए ।

पौष २७ गते पृथ्वी जयन्ती मनाउने क्रममा भएको प्रहरी ज्यादती र धरपकडमा एक दर्जन बढी नागरिक घाइते भएका थिए ।

प्रतिक्रया दिनुहोस्