बाँकेमा राष्ट्रिय अनुसन्धानका कर्मचारीको हत्या

नेपालगञ्ज। राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत एक जनाको हत्या भएको छ।

बाँके प्रहरी प्रवक्ता, डिएसपी सुवास खड्काका अनुसार मृतक राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा सहायक सूचकको रुपमा कार्यरत प्रविण थापा मगर रहेका छन् ।

मृत फेला परेका मगरको टाउकोमा धारिलो हतियारको चोट रहेको छ। घटना बारे अनुसन्धान सुरु भएको बाँके प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रया दिनुहोस्