कमल शाहले भने – संसद विघटनको कदमले नेपाली जनताको घाँटी निमोठ्ने काम भयो (भिडियो )

रमेश बम बौनिया । नेपाली काङ्ग्रेसका युवा नेता तथा कैलाली क्षेत्र नम्बर २ का महासमिति सदस्य कमल बहादुर शाहले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाएका छ्न ।

प्रधानमन्त्री ओलीद्वारा संसद विघटनको कदमले नेपाली जनताको घाँटी निमोठ्ने कार्य भएको शाहले बताए । प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार नेपाली काङ्ग्रेस कैलाली क्षेत्र नम्बर २ बर्दगोरिया गाउँपालिकाद्वारा मुडा बजारमा आयोजित कोणसभालाई सम्बोधन गर्दै शाहले ओली कदमको नेपाली जनताले एकएक हिसाब निकाल्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चालेको गैरसंवैधानिक कदमविरुद्ध देशव्यापी रूपमा काँग्रेस सडकमा आएको भन्दै शाहले सत्ता र सक्तिको आडमा नेपाली जनता माथि ओलीले सर्वसत्तावाद लाद्न खोजेको बताए ।                                                                                                                            विरोध सभामा महासमिति सदस्य दलवीर साउँद, वीरबहादुर चौधरी, बर्दगोरिया गाउँपालिका सभापति गणेशबहादुर शाही, सदस्य सुशील शाही, गाउँपालिका अध्यक्ष बलिराम डंगौरा, ट्रेड युनियन काँग्रेसका बर्दगोरिया अध्यक्ष बृजेश रावल, नेतृ उत्तरादेवी बम लगायतले धारणा राखेका थिए ।

गत पौष पाँच गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए । त्यसैको विरोधमा आज कांग्रेसले देशका ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ । यता ओली कदम विरुद्ध कैलालीको बौनियादेखि मुडा बजारसम्म मोटरसाइकल र्याली समेत निकालिएको थियो ।

भिडियो हेर्नुहोस ।

 

 

प्रतिक्रया दिनुहोस्