फाइजरको कोरोना खोप लगाएका २१ जनाको मृत्यु

एजेन्सी । नर्वेमा अमेरिकी कम्पनी फाइजरको कोरोना खोप लगाएका २१ जनाको मृत्यु भएको छ।

उनीहरुको खोपको साइड इफेक्टका कारण मृत्यु भएको आशंका गरिएको छ। कोरोना भाइरस विरुद्ध निर्मित विभिन्न खोप हाल विभिन्न देशले प्रयोगका लागि अनुमति दिइसकेका छन्।

नर्वेमा ३३ हजार जनालाई भ्याक्सिन दिइसकिएको छ। सो क्रममा २१ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

नर्वेका अधिकारीहरुका अनुसार मृत्यु हुनेमध्ये धेरैजसोको उमेर ८० वर्ष माथि हो।

अनुसन्धानमा यीमध्ये कैयौं अस्पतालमा भर्ना भएको पाइएको छ।

केहीमा भ्याक्सिन लगाएपछि ज्वरो र सास फेर्न समस्या जस्ता साइड इफेक्ट देखिएका थिए । त्यसपछि उनहिरुको स्वास्थ्य बिग्रिएको थियो।

नर्वेमा साइड इफेक्टका कारण मानिसको ज्यान गएपछि चिनियाँ स्वास्थ्य विशेषज्ञहरूले फाइजरको एमआरएनए भ्याक्सिन वृद्धवृद्धालाई लगाउने कार्य स्थगित गर्न आग्रह गरेको गोल्बल टाइम्सले जनाएको छ।

 

 

प्रतिक्रया दिनुहोस्