लोकसेवा आयोगमा सोधिने खेलकुद सम्बन्धि महत्वपूर्ण प्रश्नउत्तरहरु हेर्नुहोस

खेलकुद सम्बन्धी केहि जानकारी

१ ओलम्पिकमा प्रथमलाई स्वर्ण, दोश्रोलाई रजत र तेश्रोलाई कास्य पदक दिने प्रचलन कहिलेदेखी सुरुवात गरिएको हो ?
– सन १९०४ देखी
२ हिउँदे ओलम्पिक कहिले बाट सुरुवात भयो ?
-सन १९२४ , फ्रान्स
३ कुनै पनि खेललाई ओलम्पिक सहभागी गराउन कति देशको सहभागित आवश्यक पर्दछ ?
-१२ देश
४ फिफाको स्थापना कहिले भएको हो ?
– सन १९०४ मे २१
५ ३ वटा विश्वकप जित्ने एक मात्र खेलाडी हुन ?
– पेले (ब्राजिल)
६ विश्वकप फुटबलमा सबैभन्दा उच्च गोलन्तरले जित्ने टिम कुन हो ?
– हंगेरि सन १९८२ मा बिरुद्द एल साल्भाडोरलाई १०-१
७ ६ वटा विश्वकपमा कृकेट्मा सहाभागी हुने खेलाडी को हुन ?
– जावेद मियाँदाद (पाकिस्तान)
८ नेपालको पहिलो खेलकुदसंघ कुन हो ?
– नेपाल क्रीकेट संघ (वि•सं• २००४)
९ ग्रान्ड स्लाम कुन खेल संग सम्बन्धित छ ?
– लन टेनिस
१० आगमी युरोकप सन २०१६ को आयोजक राष्ट्र हो ?
– फ्रान्स
११ कोपा अ्मेरिका कप सबैभन्दा बढी जित्ने राष्ट्र कुन हो ?
– उरग्वे (१५ पटक)
१२ राष्ट्र मण्डल खेल के हो ?
– राष्ट्र मण्डल संघठन राष्ट्रहरुबिचको हरेक ४ बर्षको अन्तरालमा खेलिने खेलहो यसको सुरुवात क्यानडाको हेमिल्टनमा सन १९३० देखी
१३ एसियाली खेलकुदको झण्डामा कतिवटा रिङ छन ?
-११ ओटा
१४ पहिलो दक्षिण एसियाली खेलकुदमा नेपालले कति वट स्वर्ण जितेको थियो ?
-४ वटा( वैकुण्ठ मानन्धर, पुष्करध्वज शाही, दलबहादुर रानामगर र नेपाली फुटबल टिम)
१५ अखिल नेपाल कपर्दी संघको स्थापना कहिले भएको हो ?
-वि•सं• २०३५
१६ नेपाललाई सर्वप्रथम अन्तराष्ट्रीय पदक दिलाउने खेलाडी को हुन ?
– जित बहादुर केसि
१७ प्राचिन ओलम्पिक खेलको सुरुवात कहाँ र कहिले भएको हो ?
-इ• पु• ७७६ ( ग्रीसको ओलम्पिक)
१८ सबैभन्दा बढी विश्वकप फुटबल पुग्ने राष्ट्र कुन हो ?
– ब्राजिल
१९ एकदिवसिय तथा विश्वकप क्रीकेट्मा लगातर ४ सतक प्रहार गर्ने खेलाडी को हुन ?
– कुमार सांगाकारा (श्रीलंका)
२० राष्ट्रीय खेलकुद परिषदको स्थापना कहिले भयो ?
– वि•सं• २०१७

अन्य केहि वस्तुगत प्रश्नोत्तरः
१. विश्वको राम्रो कानुनी शासन भएको देशमा नेपाल कति औं स्थानमा पर्दछ ?
> ६३ औं (पहिलो डेनमार्क र अन्तिम भेनेजुयला)
२. “The Great Himalayan Trail” ले कति राष्ट्रलाई जोड्दछ ?
> ४
३. ‘Two by Two by Two’ सिद्धान्त केसगँ सम्बन्धित छ ?
> अन्तर्राष्ट्रिय व्यापार (Int’l trade)
४. नेपाल सँग भारतको कति ओटा नाका खुला रहेको छ ?
> २७ ओटा
५. ६५०० कि.मि. लामो सिल्क राेड कहाँ बाट सुरू भएर कहाँ अन्त्य हुन्छ ?
> चिनको सियान देखि इटलीको रोम
६. काठमाडौँ सगँ भागिनी सम्बन्ध कायम भएको चिनियाँ सहर कुन हाे ?
> कान सु प्रान्तकाे सदरमुकाम लान चाै
७. ‘सेतो शहर’ भनेर कुनलाई चिनिन्छ ?
> बेलग्रेड
८. शरिरमा रगतविना नै श्वास प्रश्वास गर्ने जीव कुन हो ?
> हाइड्रा
९. पृथ्वीनारायण शाहको छोरी को हुन् ?
> बिलसकुमारी
१०. नेपालमा कहिले देखि रु. १० लाख रुपैयाँ भन्दा बढी रकमको कारोबार गर्दा चेकको प्रयोग गर्नुपर्ने नियम लागू गरेको हो ?
> २०७३ माघ २३
११. हुलाकी राजमार्गको पहिलो चरणले कति जिल्लालाई समेटिएको छ ?
> १५ जिल्ला
१२. सबैभन्दा उच्च उचाइमा फिल्म अवार्ड समारोह आयोजना गरी गिनिज वर्ल्ड रेकर्डमा नेपालले कहिले नाम लेखाए ?
> सन् २०१६ नोभेम्बर २८
१३. इन्टरपोलको २३औं क्षेत्रीय सम्मेलन कहिले र कहाँ सम्मपन्न भएको हो ?
> २०७३ माघ ७, काठमाडौँ
१४. नेपालको कृषि बैंकले कहिले देखि साना किसान विकास कार्यक्रम सुरु गरेको हो ??
> वि.सं. २०३२
१५. कृषि विकास बैंकले कहिले नेपाल राष्ट्र बैंक बाट ‘क’ वर्गको वाणिज्य बैंकको इजाजत प्राप्त गरेको हो ?
>> २०६२ चैत्र ३
१६. नेपालको ११औं राष्ट्रिय निकुञ्ज कुन हो ?
> शुक्लाफाँटा (३०५ वर्ग किमि, कञ्चनपुर)
१७. बाह्रसिङ्गेका लागि प्रसिद्ध रा. नि. कुन हो ?
> शुक्लाफाँटा
१८. वि.सं. २०७३ कार्त्तिक १ मा मकवानपुरको दामनमा फेला परेको नयाँ चरा कुन हो ?
>ग्रे साइडेड थ्रस
१९. थारु समुदायमा वंशाणुगत रोगको रुपमा देखा परेको ‘सिकलसेल एनिमिया’ पहिलो पटक कहिले पत्ता लागेको हो ?
> सन् १९९१
२०. नेपाल भूकम्पीय जोखिमको हिसाबले विश्वको कति औं स्थानमा पर्दछ ?
> ११ औं
२१. प्रमाणीकरण भएको ९१औं दिन देखि प्रारम्भ भएको एेन कुन हो ?
> राष्ट्रिय युवा परिषद् ऐन,२०७२
२२. नेपालको कति जिल्लामा अल्लो उत्पादन हुने गरेको छ ?
> ५८
२३. ‘उत्तम शान्ति पुरस्कार’ को राशि कति हो ?
> रु. ३५ हजार

 

प्रतिक्रया दिनुहोस्