
काठमाडौ । हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । देशका तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ ४ गते (आइतबार)
दिउँसो : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। माघ ५ गते (सोमबार)
दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : देशका पहाडी भूभागमा देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।
माघ ६ गते (मंगलबार)
दिउँसो : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती : प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु्/कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।