कोरोना भाइरसबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या  ३ सय १९ पुग्यो

काठमाडौ । विश्वमा महामारीका रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा  १ जना र साउथ अफ्रिकामा १ जनाको  मृत्यु भएको हो ।

योसँगै कोरोनाभाइरसबाट विदेशका २० मुलुकमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या  ३ सय १९ पुगेको हो ।

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार  शनिवार साँझसम्म विभिन्न  ५० देशमा रहेका  ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये  ५२ हजार ९ सय ४५ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, साउथअफ्रीका लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा १ हजार ९ सय ५४ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६७ हजार ५६ जना छ भने  २ लाख ६१ हजार ४४  जना अर्थात ९७.८ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

 

 

 

प्रतिक्रया दिनुहोस्