चिकित्सक लाइसेन्स परीक्षाका लागि फारम खुला

काठमाडौं। नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) का लागि फारम खुला गरेको छ।

माघ ५ गतेदेखि अनलाइन फारम खुला गर्ने काउन्सिलले सूचना निकालेर जानकारी दिएको हो। फागुन ९ र १० गते ५९ औं चिकित्सक दर्ता प्रमाण पत्र परीक्षा गर्ने तयरी समेत काउन्सिलले गरिसकेको जनाएको छ।

‘माघ ५ देखि २४ गतेसम्म नियमित तथा २५ र २६ गते विलम्ब शुल्कसहित फारम बुझाउन सकिने व्यवस्था गरिएको छ’, काउन्सिलले जारी गरेको सूचनामा उल्लेख छ।

सूचना हेर्नुहोस्ः

प्रतिक्रया दिनुहोस्