बुलबुले तालमा फसेको जरायोको उद्धार

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरस्थित पर्यटकीयस्थल बुलबुले तालमा फसेको घाइते जरायोको उद्धार गरिएको छ।

तालमा फसेर घाइते भई अचेत अवस्थामा रहेको करिब तीन वर्षको जरायोलाई आइतबार बिहान उद्धार गरी उपचार थालिएको डिभिजन वन कार्यालय सुर्खेतले जनाएका छ।

तालको बीचमा जरायो फसेको भन्ने स्थानीयबाट खबर पाएपछि डिभिजन वन कार्यालयको टोलीले उद्धार गरेको सहायक वन अधिकृत टेक रावलले जानकारी दिए।

रावलका अनुसार घाइते जरायो संरक्षित क्षेत्र काँक्रेविहार जंगलबाट बाहिर निस्केको र अचेत अवस्थामा डौडिदाँ बुलबुलेको तारजालिमा ठोक्किँदा घाइते भएको अनुमान गरिएको छ।

जरायोको टाउकोमा चोट लागेको छ। उपचारपछि निको भएपछि काँक्रेविहार जंगलमा छाडिने छ।

पछिल्लो समय काँक्रेविहार जंगलमा रहेका जनावर असुरक्षित बन्दै गएका छन्। रातिको समय जंगलमा चोरी सिकारी बढेपछि जनावर असुरक्षित भई बाहिर निस्कन थालेको स्थानीयहरु बताउँछन्।

प्रतिक्रया दिनुहोस्