भारतमा कोरोना भ्याक्सिन प्रभावित बन्न सक्ने,देखियो सैयौलाइ साईडइफेक्ट

काठमाडौं । भारतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाएका सयौं मानिसमा साइड इफेक्ट देखिएको छ ।

शनिबारदेखि त्यहाँ भ्याक्सिन लगाउन सुरु गरिएको छ। पहिलो दिन करिब १ लाख ९१ हजार जनालाई भ्याक्सिन दिइएको छ। भ्याक्सिन लगाइएका केही ठाउँबाट साइड इफेक्टका खबरहरु आइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

हिजो आइतबार केन्द्रीय स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर दुई दिनमा झन्डै ४५० वटा साइड इफेक्टका केस आएको जानकारी दिएको छ। रेकर्डमा नआएका अन्य सयौं केस भएको अनुमान गरिएको छ।

अधिकांशले सामान्य साइड इफेक्ट भएको बताएको अधिकारीहरुले जानकारी दिएका छन्। तीन जनालाई मात्र अस्पताल भर्ना गर्नुपरेको छ। धेरैजसोमा ज्वरो, टाउको दुख्ने र जिउ जिलाउने समस्या देखिएको छ।

 

प्रतिक्रया दिनुहोस्