संवैधानिक इजलास: ‘सरकार चलाउन नसके राजीनामा दिने हो, संसद विघटन गर्ने होइन’

काठमाडौं। संसद् विघटनबारेका मुद्दामाथिको सुनुवाइका क्रममा सर्वोच्च अदालतको संवैधानिक इजलाससामु बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछ कि पाउँदैन? भन्ने प्रश्न बारम्बार उठिरहेका छन्।

त्यस्तै, बहुमतको प्रधानमन्त्रीले नै संसद् विघटन गरेर निर्वाचनमा जाने हो भने भविष्यका लागि कस्तो नजिर स्थापना होला भन्ने चिन्ता पनि रिट निवेदकले उठाइरहेका छन्।

प्रतिनिधिसभा विघटन गर्नुपछाडिको कारण पार्टीभित्रको विवाद रहेको र राजीनितिक निर्णय लिएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको लिखित जवाफ तथा सार्वजनिक अभिव्यक्तिमाथि पनि प्रश्न उठिरहेका छन्।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइको दोस्रो दिन सोमबार प्रधामन्त्रीको कदम सही हो कि होइन भन्नेमा केन्द्रित रहेको छ। बहसमा भाग लिँदै रिट निवेदकका तर्फबाट अधिवक्ता दिनमणि पोखरेलले बहुमत दलको नेताले सरकार चलाउन भन्न नपाउने बताए।

प्रधानमन्त्री ‌ओलीले पार्टीभित्रको विवादलाई लिएर संसद्‍माथि प्रहार गरेको बताए। आफू सरकार सञ्चालन गर्न पनि नसक्ने र अरुलाई आउने बाटो छेक्ने काम प्रधानमन्त्रीबाट भएको उनको भनाइ थियो।

प्रतिक्रया दिनुहोस्