रविभवनको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौं। रविभवनमा रहेको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ। सोमबार दिउँसो एक्कासी आगलागी भएपछि प्रहरीले कोठामा रहेका मानिसहरुको उद्दार गरेको थियो।

हालै आगो नियन्त्रणमा आएको काठमाडौं प्रहरीका डीएसपी प्रमेश विष्टले अनलाइनखबरलाई बताए। उनका अनुसार काठमाडौं, ललितपुर महानगरपालिकासहितका दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो।

आगलागी भएपछि विभिन्न तलामा रहेका मानिसहरुले कराउँदै सहयोग मागेका थिए। प्रारिम्भक अनुसन्धानमा विद्युत् सर्ट भइ आगलागी भएको हुनसक्ने आशंका गरिएको छ।

प्रतिक्रया दिनुहोस्