लुम्बिनी प्रदेश लोक सेवाद्वारा पदपूर्ति कार्यातालिका सार्वजनिक (कार्यतालिकासहित)

बुटवल। लुम्बिनी प्रदेश लोक सेवा आयोगले कार्यतालिका सार्वजनिक गरको छ।

आयोगले निकालेको कार्यतालका अनुसार कर्मचारी सेवा सर्त सम्बन्धी प्रचलित संघीय कानुन अनुसार तयार भएको र कर्मचारी सेवा सर्तसम्बन्धी प्रदेश कानुन तर्जुमा भए पछि सोही बमोजिम परिमार्जन गरिने समेत जनाएको छ। त्यस्तै आयोगले परिक्षा प्रथम, द्धितिय र तृतिय चरण गरी ती चरमा गरीने यसै कार्यातालीका मार्फत जानकारी गराएको छ।

आयोगका अनुसार प्रदेश निजामती तर्फको अधिकृत सातौं तहको अप्राविधिकका लागि फागुन अन्तिम साता विज्ञापन निकाल्ने र प्रथम चरणको परिक्षा ०७८ जेष्ठमा हुनेछ भने द्धितिय चरणको परिक्षा ०७८ श्रवणमा गर्ने योजना बनाएको छ। त्यस्तै अधिकृत सातौं तहको प्राविधिक र स्वास्थय सेवाका लागि चैत्र अन्तिम साता विज्ञापन निकाल्ने र प्रथम चरणको परिक्षा ०७८ श्रवण/भाद्रमा गर्ने योजना बनाएको छ। यसैगरी स्वास्थ्य तर्फका आठौं तहका र नवौं तहको सबैका लागि बैशाखमा विज्ञापन निकाल्ने र भाद्र/आश्विनमा परिक्षा गर्ने आयोगले जनाएको छ।

त्यस्तै, चौंथो तहको प्रविधिक तथा अप्रविधिक सबै तथा स्वास्थ्य सेवा तर्फको विज्ञापन चैत्र अन्तिम साता खुल्ने तथा ०७८ जेष्ठ/अषाढमा परिक्षा हुने आयोगले जनाएको छ। अप्रविधिक तर्फको पाँचौं तहको विज्ञापन ०७८ जेष्ठ अन्तिम साता विज्ञापन खुल्ने तथा ०७८ श्रवण/भाद्रमा परिक्षा हुनेछ। प्रविधिक तथा स्वास्थ्य सेवा तर्फको विज्ञापन असार अन्तिम साता खुल्ने र भाद्र/आश्विनमा परिक्षा गर्ने आयोगले जनाएको छ ।

त्यसैगरी स्थानीय सरकारी सेवा तर्फ सहायक स्तरको चौंथो प्राविधिक र आप्राविधिक तथा स्थास्थ्य सेवा तर्फको चैत्र अन्तिम साता विज्ञापन निकाल्ने र ०७८ जेष्ठ/अषाढमा परिक्षा गर्ने कार्यतालिका सार्वजनिक गरको छ। त्यस्तै सहायक पाँचौं अप्राविधिकका लागि जेष्ठ दोस्रो हप्ता विज्ञापन निकाल्ने र ०७८ श्रवण/भाद्रमा परिक्षा लिने तयारी गरेका छ। सहायक पाँचौं प्राविधिक र स्वास्थ्य सेवाका लागि असाढ अन्तिम साता विज्ञापन निकाल्ने र ०७८ भाद्र/आश्विनमा परिक्षा लिने गरी आयोगले कार्यतालिका सार्वजनिक गरको छ।

हेर्नुहोस कार्यतालिकाः

 

 

प्रतिक्रया दिनुहोस्