साढे ६ करोड राजस्व छलि गरेको आरोपमा बाराको शुलभ ट्रेड कन्सर्नलाई मुद्दा

काठमाडौं। राजश्व अनुसन्धान विभागले साढे ६ करोड राजस्व छलि गरेको आरोपमा बाराको शुलभ ट्रेड कन्सर्नलाई मुद्दा दायरा गरेको छ।

झुट्टा तथा नक्कली भ्याट बिल विजक प्रयोग गरी साढे ६ करोड राजस्व छलि गर्ने एक कम्पनी विरुद्ध मुद्दा दायर गरेको छ।

आयोगले बारा जिल्ला विश्रामपुर बस्ने शुलभ ट्रेड कन्सर्नका प्रोप्राईटर अमिरी ठाकुरबाट ६ करोड ५२ लाख १३ हजार ७ सय २६ रुपैंया विगो असुल गरी जरिवाना र कैद सजाय मागदावी सहित आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।

शुलभ ट्रेड कन्सर्नले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली बिक्री बीजक जारी गरी २ करोड १५ लाख रुपैयाँ भ्याट तथा ४ करोड ३६ लाख आयकर छली गरेको आयोगको ठहर छ।

प्रतिक्रया दिनुहोस्