पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो,ग्यासको भने यथावत !

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको हो।

प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएको आयल निगमले जनाएको छ। नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको ९३ रुपैयाँ पुगेको छ।

ग्यासमा भने साविककै मूल्य कायम गरिएको निगमले जानकारी दिएको छ।

प्रतिक्रया दिनुहोस्