कोहलपुर नगरपालिकाका नगरप्रमुखलाई कोरोना संक्रमण

कोहलपुर। बाँकेको कोहलपुर नगरपालिकाका नगरप्रमुख लुटबहादुर रावतलाई कोरोना संक्रमण पुष्टि भएको छ।

नगरप्रमुख रावतको परिवारमा उनकी श्रीमति, छोरा लगायत बुहारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। गत चैत्रदेखि उनी जनताको सेवामा सक्रिय थिए तर नगरप्रमुख रावतलाई सोमबार मात्र कोरोना संक्रमण देेेखिएको हो। गत पुस २८ गतेदेखि सामान्य रुघाखोकी देखा परेको नगरप्रमुख रावतले आईतबार स्वाव जाँचको लागि नमुना दिएका थिए। आज सोमबार मात्र आफुलाई कोरोना पुष्टि भएको रावतले जानकारी दिए।

हाल स्वास्थ्यावस्था सामान्य रहेको र होम आईशोलेशनमा बसेर स्वास्थ्य लाभ लिईरहेको नगरप्रमुख रावतले बताए।

प्रतिक्रया दिनुहोस्