कोरोना खोपले भारतमा मान्छेको ज्यान लियो

काठमाडौं । भारतमा कोरोना खोप लगाउनेबित्तिकै एक व्यक्तिको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार खोप अभियान सुरु भएको दिन शनिबार कर्नाटक राज्यमा कोरोना खोप लगाएका ४३ वर्षीय बिरामीको मृत्यु भएको हो।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उनको पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ।

आएपछि मात्र उनको मृत्युको कारण भन्न सकिन्छ।

यस्तै उत्तर प्रदेशको मुरादाबादमा पनि पहिलो दिन नै कोरोना खोप लगाएका ५२ वर्षीय व्यक्तिको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उनको चाहिँ खोप लगाएको भोलिपल्ट मृत्यु भएको हो।उनको भने पोस्टमार्टम रिपोर्ट आइसकेको र मृत्युको कारण हृदयाघात र फोक्सोमा समस्या देखिएको मन्त्रालयको दाबी छ।

 

 

प्रतिक्रया दिनुहोस्