बाल बाटिका क्रिकेट लिग सिजन -२ काे तयारी तीब्र,बिजेताले १ लाख १५ हजार पाउने

बाैनिया,कैलाली । यस क्षेत्रकै सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिताको तयारी तीब्र पारिएको छ । आउदाे फागुन १ गतेबाट सुरु हुने बाल बाटिका क्रिकेट लिग ( बि.सि.एल सिजन -२) काे तयारी तिव्र पारिएकाे आयाेजक नव बाल बाटिका विद्या मन्दिर बाैनिया कैलालीले जनायो ।

स्थानीय बर्दगाेरिया गाउँपालिका वडा नम्बर ४ मुडा स्थित खेल मैदानमा हुने प्रतियोगिता लिग कम नक आउटकाे आधारमा हुनेछ । क्रितिम विकेट म्याट मा सञ्चालन हुने प्रतियोगितामा ड्युस बलकाे प्रयाेग हुने आयाेजककाे जनाएको छ ।

प्रतियोगितामा विभिन्न १६ विद्याललयकाे सहभागिता रहनेछ । प्रतियोगिता झन्डै १४ दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

गतवर्ष विद्यालयले प्रदेश स्तरिय प्रतियोगिता सफल पारेको थियो । यसवर्ष प्रतियोगितालाई राष्ट्रव्यापि बनाउने अभियानमा लागेको आयाेजक विद्यालयका संस्थापक प्रिन्सिपल एवम प्रतियोगिता संयाेजक प्रमाेद मल्लले बताए ।

काेराेना माहामारीका बाबजुत समेत गत संस्करणका पुरुस्कार राशिमा वृद्धि गर्दै प्रथम पुरस्कार एक लाख १५ हजार १ सय ११ पुर्‍याएको छ भने उप- विजेताले नगद ५७ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।

गतवर्षका संस्करण जस्तै यसपटक पनि प्रतियाेगिताका उत्कृष्ट खेलाडीले नगद १३ हजार पुरस्कार प्राप्त गर्ने अवसर पाउनेछ्न भने उत्कृष्ट बलर र ब्याट्सम्यानले समान ८ हजार पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।

आयोजककाअनुसार प्रतियोगितामा सहभागी नव उदयिमान खेलाडीले नगद ५ हजार तथा लीग चरणका हरेक खेलक म्यान अफ दी म्याच लाई नगद ५ सय र स्व. रकमलाई बृद्धि गर्दै क्रमशः क्वाटरफाइनलमा १ हजार सेमिफाइनलमा २ हजार र फाइनल खेलमा म्यान अफ दी म्याच लाई नगद ३ हजार प्रदान गरिने छ ।

 

प्रतिक्रया दिनुहोस्