तोलाको ४ सयले बढ्यो सुन

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ । आज सुनको मूल्य ४०० रुपैयाँले बढेको हो ।

हिजो (सोमबार) सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

 

प्रतिक्रया दिनुहोस्