सुदूरपश्चिममा सुस्तायो स्वाब परीक्षण, हुँदैन सातामा हजारको पनि परिक्षण

डोटी। कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पत्ता लगाउन कुनै बेला सुदूरपश्चिममा दिनकै एक हजारको हाराहारीमा स्वाव परीक्षण हुने गर्थ्यो। तर अचेल स्वाव परीक्षण साताभरीमा पनि हजार पुग्दैन।

स्वास्थ्य निर्देशनालय डोटीले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गएको एक सातामा प्रदेशमा सात सय १७ जनाको मात्रै स्वाव परीक्षण भएको छ। जसमा ४२ जना संक्रमित देखिएका छन्।

निर्देशनालयका अनुसार सातामा सवैभन्दा बढी गत मंगलबार एक सय ५७ जनाको स्वाव परीक्षण भएकोमा १४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो। यस्तै वुधबार एक सय ५३ स्वाव परीक्षण हुँदा १४ जना, विहीबार एक सय ३४ स्वाव परीक्षण गर्दा सात र शुक्रबार १८ स्वाव परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको हो।

शनिबार भएको एक सय १५ जनाको परीक्षणमा एक र आइतबार १८ मा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। यस्तै सोमबार भएको एक सय २२ जनाको स्वाब परीक्षणबाट नौ जनामा कोरोना संक्रमण देखिएको छ। सोमबार बझाङमा पाँच जनामा संक्रमण देखिएको छ। यस्तै बाजुरा, कैलाली, डोटी र कञ्चनपुरमा एकरएक जनामा संक्रमण पुष्टि भएको छ।

एक लाख ३४ हजार परीक्षण

सुदूरपश्चिम प्रदेशमा हालसम्म एक लाख ३४ हजार पाँच सय ३१ जनाको स्वाव परीक्षण भएको छ। प्रदेशका ६ स्थानमा पीसीआर परीक्षण प्रयोगशाला छन्।

कैलाली प्रादेशिक प्रयोगशालामा सबैभन्दा बढी ७३ हजार आठ सय ४६ जनाको स्वाब परीक्षण भएको छ। यस प्रयोगशालामा भएका परीक्षणमध्ये सात हजार दुई सय ७६ जनामा कोरोना संक्रमण देखिएको हो। सोमवार यस प्रयोगशालामा ९५ जनाको स्वाब परीक्षण गरिएकोमा तीन जनामा संक्रमण देखिएको छ।

यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा हालसम्म भएको २२ हजार ६ सय ४३ जनाको स्वाब परीक्षणमा एक हजार ६ सय ३२ जनामा संक्रमण देखिएको छ। सोमबार यस प्रयोगशालामा परीक्षण भएन।

डोटी जिल्ला अस्पतालमा रहेको प्रयोगशालामा सात हजार ७१ जनाको स्वाब परीक्षण भएकोमा ६ सय ६५ मा संक्रमण देखिएको छ। सोमबार यस प्रयोगशालामा नौ जनाको स्वाब परीक्षण भएकोमा एक जना संक्रमित देखिए।

बझाङ जिल्ला अस्पतालको प्रयोगशालामा भएको ६ हजार ९५ स्वाव परीक्षणमा चार सय ७६ मा संक्रमण देखिएको छ। सोमबार यस प्रयोगशालामा भएको १८ नमुना परीक्षण हुँदा पाँच जनालाई संक्रमण देखिएको छ।

अछाम, कमलबजार प्रयोगशालामा भएको चार हजार चार सय ४२ नमुना परीक्षणमा ६ सय ३६ जनामा कोरोनाको संक्रमण देखिएको छ। सोमबार यस प्रयोगशालामा कुनै स्वास्व परीक्षण भएन।

यस्तै, बैतडी जिल्ला अस्पतालमा भएको दुई हजार आठ सय ९५ स्वाव परीक्षणमा एक सय ९३ जनामा संक्रमण देखिएको छ। सोमबार यस प्रयोशगालामा पनि कुनै परीक्षण भएन।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ हजार तीन सय १८ जनाको स्वाब परीक्षण भएकोमा दुई हजार नौ सय ८४ जनामा संक्रमण देखिएको थियो। यस्तै अन्य प्रयोगशालाहरुमा दुई सय २१ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको थियो। प्रदेशमा हालसम्म १३ हजार नौ सय ९६ जनामा संक्रमण देखिएको छ।

५५ जनाको मृत्यु

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण ५५ जनाले ज्यान गुमाएका छन्।

कैलालीमा मात्रै २९ जनाले कोरोनाकै कारण ज्यान गुमाउनु परेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ। कञ्चनपुरका १० जनाले पनि कोरोनाविरुद्धको लडाइँमा आफ्नो ज्यान गुमाउनु पर्‍यो। बैतडी, बझाङ र डडेल्धुरामा तीनरतीन जनाले ज्यान गुमाएका छन्। यस्तै, अछाम, बाजुरा र दार्चुलामा दुईरदुई जनाले ज्यान गुमाएका छन् भने डोटीमा एक जनाले कोरोना विरुद्धको लडाइँमा ज्यान गुमाएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा छ।

प्रतिक्रया दिनुहोस्