घरभित्रै मृत भेटिए दम्पति

काठमाडौं । उपत्यकामा एक दम्पती घरभित्रै मृत भेटिएका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका ७, चाँगाथलीमा डेरा गरी बस्ने राजविराज घर भएका ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती निर्मला पोखरेल सोमबार मृत भेटिएका हुन् ।

उनीहरु बस्ने कोठाभित्र स्लफर नामको विषादीको बट्टासमेत फेला परेको प्रहरीले बताएको छ । उनीहरुले आत्महत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । यद्यपी पोस्टमार्टमको रिपोट आएपछि मात्रै घटनाको बारेमा थप खुलासा हुने महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख (एसएसपी) किरण बज्राचार्यले बताइन् ।

एसएसपी बर्जाचार्यले भनिन्, ‘मृतक दम्पतीसँगै कोठामा स्लफर नामक विषादीको बट्टासमेत फेला परेको कारण अनुसन्धान सोही दिशामा केन्द्रित छ ।’ केही दिनअघि काठमाडौंको टोखामा पनि एक दम्पती घरभित्रै मृत भेटिएका थिए ।

उक्त घटनामा पत्नी सुदीक्षा गिरीले नै पति उमेश केसीको हत्या गरेर आत्महत्या गरेको प्रहरी अनुसन्धान बाट खुलेको थियो ।

 

 

 

 

 

प्रतिक्रया दिनुहोस्