
काठमाडौं। सरकारले नागरिक एपको समस्या हटाउन अर्को एप निर्माण सुरु गरेको छ।
नागरिकतासम्बन्धी कतिपय विवरण मेल नखाएकाले एप प्रयोग गर्न कठिनाइ भएको भन्ने जन गुनासो आएकाले अर्को एप निर्माण सुरु गरिएको गृह मन्त्रालयले सूचना जारी गरी जनाएको छ।
सूचनामा भनिएको छ, ‘नागरिकतासम्बन्धी कतिपय विवरण मेल नखाएकाले एप प्रयोग गर्न कठिनाइ भएको भन्ने जन गुनासो प्राप्त भएको सन्दर्भमा नागरिकतामा भएको सानोतिनो त्रुटि सच्याउन अनलाइन प्रणालीको विकास गर्ने प्रकृया प्रारम्भ गरिएको व्यहोरा जानकारी गराइन्छ।’
सूचना हेर्नुहोस्ः